सुन्दरबजारलाई लमजुङ जिल्ला लिगको उपाधि

लमजुङ (खेलदैनिक) । लमजुङ जिल्ला लिगको उपाधि सुन्दरबजार एफसीले जितेको छ । उपाधि जित्ने क्रममा सुन्दरबजारले त्रिवेणी युवा क्लबलाई पराजित गरेको छ । पेनाल्टी शुटआउटमा सुन्दरबजारले त्रिवेणीलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै लमजुङ जिल्ला लिगको उपाधि जितेको हो ।

लमजुङ जिल्ला फुटबल संघद्वारा आयोजित लिग बिजेता सुन्दरबजारले उपाधिसहित नगद ५० हजार हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...