एएफसी यु–२३ च्याम्पियनसिप छनौटमा नेपालको पहिलो खेल युएईसँग

(तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्यान्पियनसिप छनौट अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा युएईको सामना गर्नेछ ।

छनौट चरण अन्तरगत आयोजक युएई, उज्बेकिस्तान र लेबनानसहित समूह डी मा रहेको नेपालले आगामी जुलाई १९ तारीख (साउन ४) मा घरेलु टोली युएईको सामना गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै जुलाई २१ (साउन ६ गते) उज्बेकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जुलाई २३ (साउन ८ गते) लेबनानसँग खेल्नेछ ।
समूह डी का सबै खेलहरु युएई मै हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...