रोहित आज इण्डोनेशिया जाँदै

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित मिडफिल्डर रोहित चन्द इण्डोनेशिया फर्कदैछन् । इण्डोनेशियन क्लब पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका चन्दले क्लबका लागि इण्डोनेशिया लिग वानमा सहभागिता जनाउन बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

हालै मुम्बईमा भएको भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्न इण्डोनेशियाबाट सिधै मुम्बई पुगेका रोहितले त्यतैबाट यमनविरुद्ध खेल्न नेपाली टोलीसँगै नेपाल फर्किएका थिए ।

नेपाल फर्किएलगतै नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागी रोहितले एएफसी एसियन कप छनौट अन्तरगत मंगलबार यमनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...