‘देशका लागि उत्कृष्ट खेल्दा खुशी छु’ : किरण

गोलरक्षक किरण कुमार लिम्बु । (तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । देशका लागि उत्कृष्ट प्रदर्शन गर्नु सधै सुखद रहेको गोलरक्षक किरण कुमार लिम्बुले बताएका छन् । एएफसी एसियन कप छनौट अन्तरगत यमनविरुद्ध म्यान अफ दि म्याच घोषित भएका किरणले उत्कृष्ट प्रदर्शनका लागि कडा मिहिनेत गरेको बताए ।

मिडियासँग कुरा गर्दै किरणले भने ‘देशका लागि उत्कृष्ट खेल्न सकेकोमा म धेरै खुशी छु । उत्कृष्ट प्रदर्शनकै लागि मैले कडा मिहिनेत गरेको थिएँ ।’ सन् २००९ मा घाइते भएका र त्यसपछि विरामी परेका किरणले आफू पुरानै लयमा फर्कन धेरै मेहनत र संघर्ष गरेको बताए ।

राष्ट्रिय टोलीका लागि छिटै ५० क्याप खेल्न गईरहेका किरणले यो उपलब्धीप्रति आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।

कुराकानी कै क्रममा किरणले टिमका सदस्य, नेपाली समर्थक सबैलाई उनीहरुको माया र समर्थनका लागि धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...