देवेन्द्रको “डेब्यु”

काठमाडौं (खेलदैनिक) । पूर्वेली रक्षक देवेन्द्र तामाङले नेपालका लागि डेब्यु गरेका छन् । मंगलबार एएफसी छनौट खेल अन्तरगत यमनविरुद्ध देवेन्द्रले डेब्यु गरेका हुन् ।


देवेन्द्र तामाङ (फाइल तस्विर)

खेलको ७३ औं मिनेटमा आदित्य चौधरीलाई विस्थापित गर्दै मैदानमा छिरेका देवेन्द्रले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने सपना साकार पारे ।

देवेन्द्र तामाङ राष्ट्रिय टोलीमा छनौट भएर पनि सधै मैदानमा खेल्न पाएका थिएनन् । यद्यपि उनले फिफाको आधिकारिक खेलमा समावेश नभएको फ्रेण्डस अफ जापानविरुद्धको एक खेलमा भने नेपाली टोलीबाट खेलेका थिए ।

राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिदा धेरै खुशी लागेको बताउँदै उत्साहित तामाङले आउने दिनहरुमा देशका लागि कडा मेहनत गर्दै थप उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...