‘बराबरीमा सन्तुष्ट छु’ : कोजी

काठमाडौं (खेलदैनिक) । बराबरीको नतिजाप्रति आफु सन्तुष्ट रहेको नेपालका प्रशिक्षक ग्योतुकु कोजीले बताएका छन् । मंगलबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको एएफसी एसियन कप छनौट अन्तरगत नेपालले यमनसँग बराबरी खेल्दै अंक बाँडेपछि कोजीले यस्तो प्रतिक्रिया दिएका हुन ।

नेपालका मुख्य प्रशिक्षक कोजी (फाईल फोटो)

आफूभन्दा बलियो टिमविरुद्ध बराबरीको नतिजा ल्याउनु पनि आफ्नो लागि सुखद रहेको कोजीले बताए ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कोजीले भने ‘टोलीको प्रदर्शनप्रति खुशी छु । यमनजस्तो बलियो टोलीविरुद्ध यो खराब नतिजा होईन ।’

भारत र यमन दुई फरक टिम भएकाले यमनविरुद्ध नेपाली टोलीले खेल्ने शैलीमा आफूले केही परिवर्तन गरेको भन्दै बल आफ्नो नियन्त्रणमा राखेर विपक्षीको पोष्टमा आक्रमण गर्ने आफ्नो रणनीति सफल भएको बताए ।
छनौट चरणका हरेक खेल कठिन रहेकाले आगामी दिनमा सकेजति थप उत्कृष्ट खेल्ने प्रशिक्षक कोजीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...