आज यमनविरुद्ध नेपाललाई इतिहास फेर्ने अवसर

काठमाडौं (खेलदैनिक) । एएएफसी एसियन कप २०१९ को छनौट आज नेपालले यमनसँग खेल्दैछ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे नेपाललाई इतिहास बनाउने मौका छ ।

यसअघि यमनसँग सन् २००० र २०१४ मा भएको दुईपटकको भेटमा नेपाल पराजित भएको छ । यस अर्थमा पनि नेपालविरुद्ध यमनको पल्ला भारी रहेको स्पष्ट हुन्छ । तथापी मंगलबार यमनविरुद्ध आफ्ना गल्तीहरुलाई सुधार गर्ने र राम्रो प्रदर्शन गर्ने नेपाली टिमका कप्तान विराज महर्जन र प्रशिक्षक ग्योतुकु कोजुले बताएका छन् ।

यमनसँगको खेलको तयारीका रुपमा गतसाता नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । त्यसमा आफ्नै कमजोरी र तालमेलको कमीका कारण नेपाल भारतसँग ०–२ ले पराजित भएको थियो ।

यमनका प्रशिक्षक इब्राहिम नेब्राटोले पनि आफूहरु बलियो र जितको हकदार रहेको बताएका छन् । फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...