यमनविरुद्ध उत्कृष्ट खेल्ने कोजीको विश्वास

काठमाडौं (खेलदैनिक) । यमनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली प्रशिक्षक कोजि ग्योतुकुले विश्वास व्यक्त गरेका छन् । एएफसी एसियन कप छनौट अन्तरगत जेठ ३० गते मंगलबार नेपाल र यमनबीच खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजीले उक्त विश्वास व्यक्त गरेका हुन् ।

प्रशिक्षक कोजीका अनुसार नेपाली टोलीले आफ्नो गल्तीलाई नियालेर त्यसलाई सुधार गर्दै यमनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

जापानिज टेक्निकल डाइरेक्टर तथा जापानिज प्रशिक्षक नियुक्त गरेर नेपाली फुटबलमा केही प्रगति भएको हो भने त्यो यमनविरुद्धको खेलमा देखिने सम्भावना कत्तिको छ ? भन्ने एक प्रश्नमा प्रशिक्षक कोजीले जापानीज फुटबललाई पछ्याउनुभन्दा जापानले आयोजना गर्ने विभिन्न फुटबलका कार्यक्रमहरुलाई नजिकबाट नियाल्नु पर्ने र त्यसलाई सही रुपमा अवलम्बन गर्नुपर्ने बताए । उनले अगाडी भने ‘हामी विस्तारै लयमा फर्किरहेका छौं । रातारात कुनै खेलशैली र विकासमा परिवर्तन नहुने भएकाले विस्तारै हामी उत्कृष्ट लयमा फर्कने छौं ।’

उता यमनका प्रशिक्षक अब्राहम राउटुले नेपालप्रति आफ्नो विशेष सम्मान रहेको बताएका छन् । पत्रकार सम्मेलनमा नेपाली, नेपाली फुटबल र एन्फाको प्रशंसामा शब्द खर्चिका गरेका अब्राहमले सबैप्रति आभार प्रकट गरेका थिए ।
उनले आफूले नेपाली टिमलाई पहिल्यै राम्रोसँग बुझेको बताए । नेपाली फुटबल टिम उत्कृष्ट रहेको र दिनप्रतिदिन बलियो बन्दै गईरहेको जिकिर गर्दै घरेलु टोलीलाई कमजोर नसोच्ने बताए ।

यमनमा चर्किएको गृहयुद्धका कारण त्यहाँ घरेलु लिग हुन नसकेको र आफ्नो टोलीले कायरो, इजिप्टमा चार महिना तयारी गरेको बताए । साथै यमन बाहिर अन्य मुलुकमा लिग खेलीरहेका आफ्ना खेलाडीहरुले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...