दोस्रो ललित स्मृति यु–१८ फुटबलको उपाधि आर्मीलाई

(तस्विर – गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । एन्फा कम्प्लेक्स सातादोबाटोमा सोमबार सम्पन्न फाइनल खेलमा आर्मीले संकटा क्लबलाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफको ५२ औं मिनेटमा आर्मीका एरिक बिष्टले फ्रिकिक मार्फत एकमात्र निर्णायक गोल गर्दै आर्मीलाई उपाधि जिताउन निर्णायक भूमिका निर्वाह गरे ।

उपाधिसँगै आर्मीले नगद ३ लाख रुपैया हात पारेको छ भने उपविजेत ाबनेको संकटाले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आर्मीकै वर्चश्य रह्यो । जसअन्तरगत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका अर्पन कार्की घोषित भए भने उत्कृष्ट रक्षक पनि आर्मीकै विश्वास उदास घोषित भए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि आर्मीकै क्रमशः दिनेश योञ्जन र चक्र तामाङले हात पारे । उत्कृष्ट फरवार्डको पुरस्कार भने संकटाका दिपेश आले मगरले हात पारे । व्यक्तिगत पुरस्कार विजेताहरुले जनही १०–१० हजार हात पारे ।

यहि जेठ १३ गते शनिबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा राजधानी र मोफसलका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...