‘निश्चित जितका लागि खेल्नेछौं’ – बिराज

काठमाडौं (खेलदैनिक) । नेपाली टोलीका कप्तान विराज महर्जनले कमी कमजोरीलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

विराजले विगतका खेलहरुमा डिफेन्सको कमजोरी र अग्रपंक्तिको तालमेल नमिल्दा खराब नतिजा हात पारेको स्वीकार्दै उनले यमनविरुद्ध सुधारिएको प्रदर्शन गर्ने बताए । उनले घरेलु मैदानमा निश्चित जित वा कम्तिमा पनि बराबरी खेल्ने बताए ।

त्यस्तै यमनका कप्तान अयास मोहम्मद इब्राहिमले मंगलबार हुने नेपालविरद्धको खेलमा आफ्नो टोलीले तीन अंकको जित हात पार्ने दावी गरेका छन् । यसका लागि आफूहरुले लामो समयदेखि तयारी गरेकाले नेपालविरुद्ध जित हात पार्नेमा आफू विश्वस्त रहेको कप्तान इब्राहिमले बताए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...