राष्ट्रिय फुटबल टोलीको घोषणा, अनिलको पुर्नआगमन

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत यमनविरुद्ध खेलिने नेपाली फुटबल टोलीको घोषणा भएको छ । एन्फाद्वारा सार्वजनिक २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीमा फरवार्ड अनिल गुरुङले पूर्नआगमन गरेका छन् । स्मरणीय छ, फिलिपिन्स र भारतविरुद्ध नेपाली टोलीले खेल्दा अनिल नेपाली टोलीमा परेका थिएनन् ।

त्यस्तै टोलीमा अर्का फरवार्ड कर्ण लिम्बु भने छैनन् । कर्ण भारतविरुद्धको टोली घोषणा गर्नु अगावै बन्द प्रशिक्षणबाट बाहिरिएका थिए ।

त्यसैगरी मान बहादुर तामाङ, दिनेश राजवंशी, एलन न्यौपाने, राजेन्द रावल तथा सुनिल बलले २३ सदस्यीय टोलीमा पर्न सफल भएका छन् ।

उता भारतविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा परेका विशाल श्रेष्ठ, बिमल बस्नेत र सुमन लामा भने बाहिरिएका छन् ।

एएफसी एसियन कप छनौट अन्तरगत नेपालले जेठ ३० गते मंगलबार दिनको ३ बजे सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनको सामना गर्दैछ ।

२३ सदस्यीय राष्ट्रिय फुटबल टोली यसप्रकारछन्:

गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, एलन न्यौपाने

रक्षक : बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी, मान बहादुर तामाङ

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन बिष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल

फरवार्ड: नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ, बिमल घर्ती मगर

 


प्रतिक्रिया दिनुहोस

Loading...