काठमाडौं (खेलदैनिक) ।
एएफसी एसियन कप २०१९ को छनौट खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली आइतबार काठमाडौं आइपुगेको छ ।
आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको यमनको फुटबल टोलीलाई एन्फाका पदाधिकारीहरुद्वारा स्वागत गरिएको थियो ।
विमानस्थलमा ओर्लिए लगत्तै संक्षिप्त कुराकानी गर्दै यमनका प्रशिक्षक अब्राहम राउटुले आफूहरु निश्चित जित हात पार्नकालागि आएको प्रतिक्रिया दिए ।
एसियन कप छनौट खेल अन्तर्गत यहि मिति २०७४ जेठ ३० गते मंगलबार सशस्त्र प्रहरीको हलचोक मैदानमा नेपाल र यमन भिड्दै छन् । खेल दिनको ठिक ३ बजे हुनेछ ।