अष्ट्रेलियामा जगजितको नयाँ क्लबलाई सफलता

नेपाली राष्ट्रिय फुटबल मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुनावडिङ सिटी एफसीबाट डेब्यु गरेका छन् । आइतबार सम्पन्न एनपीएल विक्टोरिया अन्तर्गतको खेलमा उनको टिमले जीत हात पारेको छ ।

खेलमा नुनावडिङ सिटीले दश खेलाडीमा सिमिति डेण्डीनङ थण्डर एफसीलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै जित हात पारेको हो ।

विजयी टोलीकालागि खेलको अन्तिम मिनेटमा जेमस ब्राउनले ९० औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

सो खेलमा नेपाली फुटबलर जगजित श्रेष्ठले पूरा समय खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जितसँगै नुनावेडिङ सिटी एफसी १८ अंक सहित लिगतालिकाको आठौं स्थानमा छ ।

श्रेष्ठ नुनावडिङ सिटी एफसीमा चार दिन अघि मात्र आबद्ध भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...