यमनविरुद्धको नेपाली राष्ट्रिय टोलीको घोषणा आइतबार

काठमाडौं । एएफसी एसियन कप छनौट अन्तरगत यमनविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा जेठ २८ गते आइतबार हुने टोलीका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले बताएका छन् ।

एसियन कप छनौट खेल अन्तरगत जेठ ३० गते मंगलबार सशस्त्र प्रहरीको हलचोक मैदानमा नेपालले यमनको सामना गर्दैछ ।

राष्ट्रिय टोलीका नियमित सदस्य रक्षकद्वय रबिन श्रेष्ठ र रजिन धिमाल चोटका कारण मैदान बाहिर छन् भने एसियन कप छनौट अन्तरगत पहिलो खेलमा फिलिपिन्सविरुद्ध रातो कार्ड पाएका बिक्रम लामा पनि प्रतिवन्धमा छन् ।

त्यसैगरी हालै मुम्बईमा सम्पन्न भारतविरुद्धको मैत्रीपूर्ण खेलमा रातो कार्ड पाएका कप्तान विराज महर्जनले भने फिफाको नियम अनुसार खेल्न पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...