टोखा र चन्द्रागिरी फाइनलमा

टोखा र चन्द्रागिरी नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा टोखाले नागार्जुन नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्‍यो । विजयी टिमकालागि आशिष श्रेष्ठ र साजन श्रेष्ठले गोल गरे । नागार्जुनका राहुल खड्काले सान्त्वना गोल फर्काए ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा चन्द्रागिरीले कीर्तिपुर नगरपालकालाई टाइब्रेकरमा ४–१ ले हरायो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

फाइनल आइतबार हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...