सिंगापुरमा हुने रियल म्याड्रिड प्रशिक्षण शिविरका लागि तुलाधर छानिए

राजधानीको रोजबड स्कुलमा कक्षा ८ मा अध्ययनरत बिदित मान तुलाधर सिंगापुरमा हुने बिश्व प्रशिद्ध युरोपियन क्लबको महारथि रियल म्याड्रिड क्लब अन्तर्गतको रियल म्याड्रिड क्लब फाउण्डोशन प्रशिक्षण क्याम्पमा सहभागिताका लागि छनोट भएका छन् ।

१४ बर्षिय तुलाधर राजधानीको मोडर्न इण्डियन स्कुलमा आज सम्पन्न रियल म्याड्रिड क्लब फाउण्डेशन अण्डर–१८ फुटबल प्रशिक्षण शिविरबाट छनोट भएका हुन् । ५ दिने शिविरमा राजधानी तथा उपत्यका बाहिरका बिभिन्न बिद्यालयका ६५ बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।

तुलाधरलाई प्रशिक्षणका दौरान देखाएको खेल कौशलका कारण प्रभावित गरेकोले छनोट गरेको प्रशिक्षकद्वय राफेल पालासियोस र ड्यानिएल ल्याण्डबुरु रोटेलाले आज कार्यक्रम समापनका दौरान जानकारी दिए ।

सिंगापुरमा हुने प्रशिक्षण शिविरमा छनोट भएकोमा म निकै उत्साहित छु । त्यहा हुने ट्रेनिङ्गले मलाई थप सहयोग पुग्नेछ,” तुलाधरले भने । सि“गापुरमा हुने प्रशिक्षण शिविरको सम्पूर्ण खर्च नेपालको प्रशिक्षण शिविरको आयोजक शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस टुर्सले बेहोर्नेछ । सिंगापुर प्रशिक्षण शिविरको मिति तय हुन बाकी नै छ ।

नेपालमा भएको प्रशिक्षण शिविरका लागि दुई स्पेनिस प्रशिक्षकहरुलाई नेपाली एएफसी सर्टिफाइड प्रशिक्षकहरुले सघाएका थिए । पालासियस र रोटला यूइएफए ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

पालासियसले शिविरमा सहभागि बिद्यार्थिहरुले आफुलाई प्रभावित गरेको बताए । “सहभागि बच्चाहरुले प्रशिक्षणका दौरान आफ्नो उत्कृष्ट दिएका थिए । मलाई लाग्छ उनीहरुले रियल म्याड्रिडको शैली बुझ्न सफल भए । उनीहरुमा पर्याप्त मात्रामा फुटबल खेल्ने क्षमता र नेतृत्व गर्न सक्ने गुण रहेको हामिले पायौं,” पालासियसले कार्यक्रमको अन्त्यमा भने ।
शुभारम्भका प्रबन्ध निर्देशक बिजय कुमार खत्रीले शिविरको सफलताले थप हौसला मिलेको बताए । “जसरी क्याम्पमा सहभागि बच्चाहरुले फुटबलप्रति आफ्नो उत्सुकता देखाए र अभिभावकहरुले हामीलाई साथ दिनुभयो यसले हामीलाई निकट भविष्यमा थप कार्यक्रमका साथ अघि बढ्ने हौसला मिलेको छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...