ईदको अवसरमा साउदीमा फुटबल प्रतियोगिता हुने

सुरज राना मगर, रुपन्देही, खेलदैनिक। मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड ईदको अवसरमा कामदारका रुपमा साउदी अरबमा बसोबास गर्दै आइरहेका नेपाली समुदायहरुबीच प्रथम अन्नपुर्ण नेपाली कम्युनिटी गोल्डकप २०१७ फुटबल प्रतियोगिता हुने भएको छ ।न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब र नेपाली ब्वायज युथ क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा साउदी अरबभित्र छरिएर रहेका सम्पूर्ण नेपाली समुदायहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

साथै टिम दर्ता गर्ने अन्तिम मिति यहि जुन १५ तारीखसम्म रहेको आयोजकले जनाएको छ । टिम दर्ता शुल्क ६६६÷– साउदी रियाल रहेको छ । प्रतियोगिताका सबै खेलहरुे दमाम शहरस्थित नाबिया स्टेडियममा बिहान ८ बजे हुने समेत आयोजकले जानकारी दिएको छ ।

ईद पर्वको भोलीपल्ट अर्थात् दोस्रो दिनबाट शुरु हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैया (नेपाली रुपैया) हात पार्नेछन् भने उपविजेताले ७७ हजार ७ सय ७७ रुपैया (नेपाली रुपैया) हात पार्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ताका लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

थप जानकारीका लागि आयोजक क्लबका यावा लिम्बु (मो.०५९९४४६५८६),  अनिल श्रेष्ठ (मो.०५३५७९२४३५), बिनोद पोख्रेल (मो. ०५९४७४२१५३) तथा याम लामा (मो. ०५९५९०९०४४) सँग सम्पर्क गरी बुझ्न सकिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...