रौतहट, सर्लाही क्वाटरफाईनलमा प्रवेश

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । कैलालीकालागि गंगा अधिकारीले ५ र ४०+२ मिनेटमा, सुस्मिता दवाडीले ३८, महिमा चौधरीले ५५ र हेमा चौधरीले ७९ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा सप्तरी महिला फुटबल टिम र सिन्धुली महिला फुटबल टिम बिच गोलरहित बराबरीमा समाप्त भएको छ ।

तेश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सिन्धुपाल्चोक महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ३० र ७८ मिनेटमा, भुजुङ्गा राईले २६ तथा गिता रानाले ४६ र ७७ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिम र नुवाकोट महिला फुटबल टिम बिच १–१ गोलको बराबरीमा समाप्त भएको छ । नुवाकोटकालागि सुजीता तामाङ्गले २९ औं मिनेटमा तथा नवलपरासीका लागि उदय थापाले ७९ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा बर्दिया महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । बर्दियाका लागि सपना थारुले ६, ५० र ७० मिनेटमा, अजिता घर्तीमगरले ७ र ७७ मिनेटमा, आशा शाहीले २७, मन्जु थारुले ७८ र निरु आचार्यले ८० औं मिनेटमा गोल गरेका थिए ।

तेस्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले बारा महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । मोरङ्गकालागि रेश्मा राईले २ र ८० मिनेटमा तथा आशा लिम्बूले ४४ औं मिनेटमा गोल गरेका थिए ।

यससंगै स्याङ्गजा तर्फका खेलहरुमा समुह क बाट रौतहट, समुह ख बाट सर्लाही, समुह ग बाट मोरङ्ग र समुह घ बाट नवलपसारी तथा पाल्पा तर्फका खेलहरुमा समुह क बाट काठमाण्डौ, समुह ख बाट झापा, समुह ग बाट ताप्लेजुङ्ग र समुह घ बाट कैलाली क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

भोलीको क्वाटरफाईनल खेलहरु पाल्पा तर्फ काठमाण्डौ र झापा, ताप्लेजुङ्ग र कैलाली तथा स्याङ्गजा तर्फ रौतहट र सर्लाही, मोरङ्ग र नवलपरासीकाबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...