नेपाली टोली मुम्बई पुग्यो

नेपाल राष्ट्रिय फुटबल टोली भारत राष्ट्रिय फुटबल टोलीसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न मुम्बई पुगेको छ ।

आईतवार बिहान एन्फा मुख्यालयमा बिदाइपछि नेपाली टोली दिउँसो मुम्बई तर्फ स्थान गरेको थियो ।

नेपालले भारतसँग जुन ६ मा अन्धेरी खेल ग्राममा नेपाली समय बेलुकी ७:१५ मा खेल्दै छ ।

दुवै टोलीले एएफसी कप २०१९ छनौट प्रतियोगिताको तयारी गर्नकालागि यो खेल खेल्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...