काँकरभिट्टा र पूर्वाञ्चल फाइनल भिड्ने

बिर्तामोड, जेठ २० । जारी प्रथम बिर्तामोड भेट्रान इन्डो–नेपाल फुटबल टुर्नामेन्टको फाइनलमा काँकरभिट्टा भेट्रान एफसी र पूर्वाञ्चल भेट्रान एफसीले भिड्ने भएका छन् ।शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सीभीसी चन्द्रगढीलाई ४–१ गोलको फराकिलो नतिजाबाट पन्छाउँदै पूर्वाञ्चलले काँकरभिट्टासँग फाइनल भेट पक्का गरेको हो । दुई टोलीबीच सोमबारको खेलबाट उपाधिको छिनोफानो हुनेछ ।

डोमालाल रङ्गशालामा भएको खेलमा पूर्वाञ्चलका लागि सुजित राईले चौँथो र ३१औँ, भवानीप्रसाद थेवेले २२औँ र प्रेम घिमिरेले ३६औँ मिनेटमा गोल गरे । सीभीसीका लागि अर्जुन राईले ३५औँ मिनेटमा सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच पूर्वाञ्चलका सुजित राई घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष भगिरथ आले मामाले पुरस्कार प्रदान गरे ।

प्रतियोतिाको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेता टिमले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...