साबित्रा भण्डारीको १० गोलको मद्घतमा स्याङ्जाले पाँचथरलाई १६-०ले पराजित

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा झापा महिला फुटबल टिमले महोत्तरी महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ । झापाका लागि सम्झना लावतीले १३, २७, ३५ र ६० औं मिनेटमा, दिक्षा चौधरीले ५८ र ७२ मिनेटमा, रमिका तामाङ्गले ६ र यमुना अधिकारीले ७७ औं मिनेटमा गोल गरेका थिए ।दोश्रो खेलमा कन्चनपुर महिला फुटबल टिमले मकवानपुर महिला फुटबल टिमलाई ४–२ गोलले पराजित गरेको छ । कन्चनपुरका लागि प्रियंका रानाले ४७ र ७१ मिनेटमा, निलम सिंहले ४०+२ मिनेटमा र अन्जली चन्दले ६६ मिनेटमा गोल गरेका थिए भने मकवानपुरका लागि केशरी पाख्रिनले १४ र सुनिता बोम्जनले १६ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा भोजपुर महिला फुटबल टिम र काठमाण्डौ महिला फुटबल टिम बिच गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा बांके महिला फुटबल टिम र सर्लाही महिला फुटबल टिम बिच १–१ गोलको बराबरीमा समाप्त भएको छ । बांकेका लागि निलिमा थारुले २९ तथा सर्लाहीका लागि रबिना गोलेले २३ औं मिनेटमा गोल गरेका थिए । जित संगै सर्लाही समुह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ  ।

हिजो प्राविधिक कारणवश (वर्षाको कारणले) स्थगित भएको मोरङ्ग महिला फुटबल टिम र बर्दिया महिला फुटबल टिम बिचको खेलमा मोरङ्गले बर्दियालाई ५–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले ५, ६७, ७४ र ८३ औं मिनेटमा तथा फिना राईले ७१ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा रौतहट महिला फुटबल टिमले धनकुटा महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । रौतहटका लागि रश्मी कुमारी घिसिङ्गले २२, ३८, ५७, ६१, र ६३ मिनेटमा, रजनी थोकरले २४ र ३४ मिनेटमा, अस्मिता बैद्यले ४, मिथिला कुश्वारले १५, र सुमित्रा पाख्रिनले २८ औं मिनेटमा गोल गरेका थिए ।

चौथो खेलमा स्याङ्गजा महिला फुटबल टिमले पाचथर महिला फुटबल टिमलाई १६–० गोलले पराजित गरेको छ । स्याङ्गजाका लागि साबित्रा भण्डारीले २, ७, ११, १५, २३, ३७, ४६, ५०, ५८ र ७८ मिनेटमा, सजना रानाले ३२, ५४, ७९ र ८० मिनेटमा, लेख माया मास्केले ३५ र रिया बानुले ७२ औं मिनेटमा गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...