उपाधिका लागि क्रिश्चियन र डिएमसी भिड्ने

सुरज राना मगर, रुपन्देही, खेलदैनिक  

क्रिश्चियन युवा क्लब र डिएमसी क्लब रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।जेठ १८ गते बिहीबार उमा निमावि कुञ्जलापुरस्थित मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा डिएमसी क्लबले सुनौलो संगम युवा क्लबबिरुद्ध ३–२ गोल अन्तरको रामोञ्चक जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको

छ ।
त्यसैगरी बेलबासस्थित जवई मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा क्रिश्चियन युवा क्लबले सौभाग्य युवा क्लबको चुनौति ४–२ गोल अन्तरले समाप्त पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अब उपाधिका लागि जेठ २० गते शनिबार क्रिश्चियन युवा क्लबले डिएमसी  क्लबको सामना गर्नेछ । फाइनल खेल बेलबासस्थित जवई मैदानमा हुने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको थियो । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात

पार्नेछन् ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...