टाइब्रेकरबाट बिर्तामोडलाई उपाधि

झापाको जयपुरमा आयोजित प्रथम लक्ष्मीदेवी ओली–बसुन्धरा गौतम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड एफसीले रक्षा गरेको छ ।बुधबार भएको फाइनल खेलमा विपक्षी आयोजक जयपुर एफसीलाई बिर्तामोडले टाइब्रेकरमा ४–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि रक्षा गरेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निर्धारित खेलको २२औँ मिनेटमा आयोजकका लागि अरुण श्रेष्ठले गोल गर्दै टिमका लागि खाता खोलेका थिए । त्यसको पाँच मिनेटपछि बिर्तामोडका आशिष चापागाईंले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

पहिलो हाफको इन्जुरी समयमा बिर्तामोडका आशिषले नै गोल गर्दै २–१ गोलको अग्रता दिलाए । तर, खेलको ४५औँ मिनेटमा आयोजकले पाएको पेनाल्टी सुटमा लक्ष्मण चौधरीले गोल गरेर खेललाई २–२ गोलको बराबरीमा पु¥याएपछि टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा बिर्तामोड विजयी भयो ।

प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट आयोजकका लक्ष्मण चौधरीले सर्वाधिक गोलकर्ताको उपाधि पनि रक्षा गरे । त्यस्तै, आयोजकका रञ्जित राई बेस्ट डिफेन्स घोषित भए ।

विजेता बिर्तामोडका गोलरक्षक बेस्ट गोलकिपर हुँदा बेस्ट मिडफिल्डर पनि बिर्तामोडकै नरेन्द्रमणि लिम्बू घोषित भए । त्यस्तै, म्यान अफ दी म्याच बिर्तामोडका आशिष चापागाईं घोषित हुँदै नगद पाउन सफल भए ।

विजेता बिर्तामोडले नगद ३० हजारसहित ट्रफी र उपविजेता आयोजक जयपुर नगद २० हजार र ट्रफीमा चित्त बुझायो । जेठ १० गतेदेखि सञ्चािलत प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई समाजसेवी भानु सिवाकोटी, फुटबल प्रशिक्षक भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष उद्धव ओली लगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...