कैलालीले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत  पाल्पामा आज भएको पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५र ७९ औं मिनेटमा गोल गरेकी थिईन् भने उदयपुरका लागि सृजना चेम्जोङ्गले ६३ औं मिनेटमा गोल गरेका थिईन् ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सप्तरी महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १५, ४०+१ र ५५, अनिता बस्नेतले २२, ५७ र ६८ तथा जंगा राईले ४७, बिमला गुरुङ्गले ६८, रेखा लिम्बुले ५२ र अनुष्का शेर्पाले ६१ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । सिन्धुपाल्चोकका लागि सुस्मा तामाङ्गले २५, ५४ र ८०+२, रुबिना पहाडीले १३ तथा रजनी श्रेष्ठले ३१ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिमले ईलाम महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि हिना रानाले गोल गरेकी थिईन् ।

दोश्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई २१–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि सुरु लिम्बूले ४,७,१३,२३,४७,५६,५९,६३,६९,७०,७८ र ८० मिनेटमा, मनमाया लिम्बूले २०, २६ र ४८ मिनेटमा, रेश्मा राईले ५३, ५६, ६७ र ७३ मिनेटमा तथा मञ्जु दोङ्गले २९ र ६५ मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले बर्दिया महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । बाराका लागि निशा गुरुङ्ग, सबिता राना मगर र रिशुनी रुम्बाले एक एक गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...