जिल्ला लिगमा समूह चरणका खेलहरु सम्पन्न

सुरज राना मगर, रुपन्देही, खेलदैनिक
रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत समूह चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।जेठ १६ गते मंगलबार उमा निमावि कुञ्जलापुरस्थित मैदानमा सम्पन्न समूह ए अन्तरगत लिस्नु युवा क्लबले फर्साटिकर युवा क्लबलाई २ का विरुद्ध ३ गोलले हराएको छ भने सोही मैदानमा सम्पन्न समूह बी अन्तरगतको अर्को खेलमा अमरज्योति युवा क्लबले माछापुच्छ«े युवा क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ ।

त्यसैगरी बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह डी अन्तरगतको पहिलो खेलमा क्रिश्चियन युवा क्लबले लुम्बिनी स्पोर्टस् क्लबलाई २–० ले पराजित गरेको छ भने सोही मैदानमा सम्पन्न दोस्रो खेलमा सयपत्री युवा क्लब र सौभाग्य युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

लिग चरणका खेलहरुको समाप्तीसँगै क्वाटरफाइनल प्रवेश गर्ने टिमहरुको पनि टुँगो लागेको छ । जसअन्तरगत समूह ए बाट सुनौलो संगम युवा क्लब, नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, समूह बी बाट डिएमसी क्लब, अमरज्योति युवा क्लब, समूह सी बाट गोर्खा ब्वायज क्लब, इन्टर स्पोर्टस् क्लब तथा समूह डी बाट क्रिश्चियन युवा क्लब र सौभाग्य युवा ्रक्लब नकआउट चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तरगत क्वाटरफाइनलका सम्पूर्ण खेलहरु जेठ १७ गते बुधबार हुने भएका छन् । जसअन्तरगत कुञ्जलापुरस्थित उमा निमाविको खेल मैदानमा सुनौलो संगम युवा क्लबले अमरज्योति युवा क्लबको सामना गर्नेछ भने डिएमसी क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा गोर्खा ब्वायज क्लबले क्रिश्चियन युवा क्लबसँग भिड्नेछ भने इन्टर स्पोर्टस् क्लबले सौभाग्य युवा क्लबको सामना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...