डिएमसी नकआउट चरणमा प्रवेश

(सुरज राना मगर) रुपन्देहीमा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत डिएमसी क्लब, इन्टर स्पोर्टस् क्लब क्वाटरफाइनल प्रवेश गरेका छन् । उमा निमावि कुञ्जलापुरस्थित मैदानमा सम्पन्न समूह बी अन्तरगतको पहिलो खेलमा डिएमसी क्लबले सिद्धार्थ युवा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो सुरक्षित गरेको छ । त्यस्तै सोही मैदानमा सम्पन्न समूह बी अन्तरगतको दोस्रो खेलमा अमरज्योति युवा क्लबले कालिका स्पोर्टस् क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

त्यसैगरी बेलबासस्थित जवई मैदानमा सम्पन्न समूह सी अन्तरगतको पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका दुई टोली भूपू सैनिक जवई स्र्पोटिङ क्लब र बुटवल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् भने सोही समूहको दोस्रो खेलमा इन्टर स्पोर्टस्ले चाँदनी युवा क्लबलाई शून्यकाविरुद्ध ३ गोलले पराजित गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल भएको छ । समूह सी बाट गोर्खा ब्वायज क्लब यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्तरगत जेठ १६ गते मंगलबार कुञ्जलापुरस्थित उमा निमाविको  खेल मैदानमा समूह ए अन्तरगत फर्साटिकर युवा क्लबले लिस्नु युवा क्लबको सामना गर्नेछ भने समूह बी अन्तरगत माछापुच्छे« युवा क्लबले अमरज्योति युवा क्लबको सामना गर्नेछ । त्यस्तै बेलबासस्थित जवई मैदानमा समूह डी अन्तरगत पहिलो खेलमा क्रिश्चियन युवा क्लबले लुम्बिनी स्पोर्टस् क्लबको सामना गर्नेछ भने सयपत्री युवा क्लबले सौभाग्य युवा क्लबको साममना गर्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...