भेट्रान फुटबलमा राजघाट विजयी

बिर्तामोड, जेठ १४ । डोमालाल रङ्गशालामा आयोजित प्रथम बिर्तामोड भेट्रान इन्डो–नेपाल फुटबल टुर्नामेन्टको उद्घाटन खेलमा मोरङको राजघाट भेट्रान विजयी भएको छ ।विपक्षी दमक–लखनपुर भेट्रानलाई २–१ गोलअन्तरले पराजित गर्दै राजघाट विजयी भएको हो । राजघाटका लागि चन्द्रबहादुर लिम्बूले खेलको ४ मिनेट र विमल लिम्बूले खेलको ६ मिनेटमा गोल गरे । दमकका लागि भने सुभाष लिम्बूले खेलको १९औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच राजघाटका विमल लिम्बू घोषित भए ।

सोमबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल पूर्वाञ्चल भेट्राविरुद्ध चारआली भेट्रान र काँकरभिट्टा भेट्रानविरुद्ध शिवसताक्षी भेट्रानबीच खेल हुने आयोजकका कोषाध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए । प्रतियोतिाको विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेता टिमले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...