महिला फुटबल प्रतियोगिता सनसाइनको पोल्टामा

कृष्ण सिन्जाली , काकरभिट्टा । प्रथम झापा जिल्ला स्तरिय महिला नक आउट फुटबल प्रतियोगिताको उपाधी सनसाइन फुटबल क्लब, ज्यामीरगढीले आफ्नो पोल्टामा पारेको छ । नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगरको आयोजनामा संचालित प्रतियोगिताको आज भएको फाइनल खेलमा सनसाइन फुटबल क्लबले  पारीजात फुटबल क्लब, सालबारीलाई १ – ० गोलले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।

काकरभिट्टा माविको खेल मैदानमा भएको फाइनल खेलको १४ औ मिनेटमा पारीजातकी गोल रक्षक उमा चौधरीले प्रहार गरेको बल सनसाइनकी जर्सी ६ की सरिता शेर्पालाई लागेर आएको रि–बाउण्ड बल नै गोलमा परिणत भएको थियो । खेलको हुमन अफ दि म्याच सनसाइनकी आशा श्रेष्ठ घोषित भइन् । भने हुमन अफ दि टुर्नामेण्ट पारीजातकी सम्झाना लावती घोषित भइन् ।

प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिश्व प्रकाश शर्मा, एन्फाका केन्द्रिय सदस्य पंकज बिक्रम नेम्बाङ , बरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आले मामा र नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी लगायतले  बिजेता तथा उपबिजेता क्लबलाई क्रमशः नगद २५ हजार, १५ हजार ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...