सनसाइन र पारिजात क्लब फाइनलमा भिड्दै

काकरभिट्टा । प्रथम झापा जिल्ला स्तरिय महिला नक आउट फुटबल प्रतियोगिताको शुक्रबार भएको दोश्रो सेमी फाइनल खेलमा सनसाइन फुटबल क्लब, ज्यामीरगढी फाइनल प्रबेश गरेको छ ।नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगरको आयोजनामा संचालित प्रतियोगिताको आज भएको खेलमा सनसाइन फुटबल क्लबले जुनतारा फुटबल क्लब, खुदुनाबारीलाई ३ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
काकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा सनसाइनकी  रोमा भूजेल, मनिषा बुढाथोकी र रमीका तामाङले एक÷ एक गोल गरेकी थिइन् । खेलको हुमेन अफ दि म्याच सनसाइनकी रमीका घोषित भइन् ।

भोलि शनिबार हुने फाइनल खेल पारिजात फुटबल क्लब, सालबारी र सनसाइन फुटबल क्लब ज्यामीरगढी बिच हुने भएको छ ।

प्रतियोगिताका बिजेता तथा उपबिजेताले क्रमशः नगद २५ हजार, १५ हजार ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने संघका उपाध्यक्ष मिन बहादूर बस्नेतले बताए । प्रतियोगितामा झापाका ४ वटा महिला फुटबल क्लबको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...