गोधुली सेमिफाइनलमा

धाइजनको गोधुली एफसी यहाँ आयोजित प्रथम लक्ष्मी–बसुन्धरा स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।जयपुर युथ क्लबले आयोजना गरेको उद्घाटन खेलमा बुधबार विपक्षी चन्द्रगढीको मुनाल एपसीलाई २–० गोलले पराजित गर्दै गोधुली अन्तिम चारमा पुगेको हो । उसका लागि म्यान अफ दी म्याच घोषित सनम राईले दुवै गोल गरे । उनले खेलको १८औं र ४२औँ मिनेटमा गोल गरेका हुन् ।

आदर्श उच्चमाविको मैदानमा जारी प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले गरेका थिए । बिहीबारको खेल जेनियम एफसी धुलाबारी र सुरुङ्गा एफसी सुरुङ्गाबीच हुने आयोजकका संयोजक उद्धव ओलीले जानकारी दिए ।

आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...