इष्ट होराइजन र लालिमा माविले उपाधी चुम्यो

झापा जिल्लास्तरीय अन्तर मावि छात्र÷छात्रा फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन र लालिमा मावि तोपगाछ्रीले जितेका छन् ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको मङ्गलबार भएको फाइनल खेलको छात्रातर्फ लालिमाले गणेश माविलाई टाइबेकरमा ३–१ ले पराजित गरेको थियो । प्रतियोगिताको हुमन अफ दी टुर्नामेन्टबाट लालिमाकी उर्मिला राई घोषित भईन् । उनले नगद २५ सयसहित ट्रफी र प्रमाण पत्र पाइन् ।

त्यसैगरी छात्रतर्फको खेलमा इष्ट होराइजनले मुनाल एकाडेमीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । सो प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट इष्ट होराइजनका निसेन लिम्बू घोषित भए । उनले नगद २५ सयसहित ट्रफी र प्रमाण पत्र पाए ।

उक्त प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद ३० हजार, २० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । विजेता तथा उप विजेता विद्यालयका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, जिल्ला समन्वय समितिका संयोजक खेमराज ओझा, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...