गोर्खा ब्वायज, अमरज्योति र डिएमसीको जित

(सुरज राना मगर, रुपन्देही) रुपन्देहीमा जारी जिल्ला लिग फुटबल अन्तरगत आइतबार सम्पन्न खेलमा गोर्खा ब्वायजले शुरुवाती सहज जित दर्ता गरेको छ । जवई खेलमैदानमा जित हात पार्ने क्रममा  गोर्खाले भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लबलाई शून्यकाविरुद्ध २ गोलले पराजित ग¥यो । गोर्खाको जितमा विकास थापा र मदन थापाले एक–एक गोलको योगदान दिए ।

आइतबार नै सम्पन्न अन्य खेलहरुमा डिएमसी युवा क्लबले माछापुच्छ«े युवा क्लबलाई पराजित गरेको छ भने अमरज्योति युवा क्लबले सिद्धार्थ युवा क्लबलाई पराजित गरेको छ । त्यस्तै इन्टर स्पोर्टस् क्लब र बुटवल युनाईटेडबीचको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतियोगिता अन्तरगत जेठ ८ गते सोमबार समूह ए अन्तरगत नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र लिस्नु युवा क्लब एवं सुनौलो संगम युवा क्लब र झरना स्पोर्टस् क्लब बीच खेल हुनेछ भने समूह डी अन्तरगत क्रिश्चियन युवा क्लब र सिम्रिक युवा क्लब तथा सयपत्री युवा क्लब र लुम्बिनी स्पोर्टस् क्लबबीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष एवं खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...