मुनाल एकाडेमी, लालिमा र गणेश मावि फाइनल प्रवेश

झापा जिल्लास्तरीय अन्तर मावि छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्र्तगत आईतबार मुनाल एकाडेमी, लालिमा र गणेश मावि फाइनल प्रवेश गरेको छ ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको अन्तिम सेमी फाइनल खेलको छात्रतर्फ मुनाल एकाडेमीले पशुपति माविलाई ४ – ० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । मुनालका चन्द्र गुरुङले ह्ेयाट्रिक गरेका थिए ।

आजै भएको छात्रातर्फका अन्तिम सेमी फाइनल खेलको पहिलो खेलमा लालिमा माविले कन्काई माविलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो । लालिमाका उर्मीला राई र पब्बी राईले एक ÷एक गोल गरेका थिए । त्यसैगरी छात्रातर्फको अन्तिम सेमीफाइनल खेलको दोश्रो खेलमा गणेश माविले ज्यामीरगढी माविलाई १ – ० गोलले हराएको थियो । गणेश माविका अस्मीता लिम्बुले एक गोल गरेका थिए ।

मंगलबार ९ गते हुने फाइनल खेलको छात्रतर्फ मुनाल एकाडेमी र इष्ट होराइजन मावि तथा छात्रातर्फ गणेश मावि र लालिमा माविबीच खेल हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद ३० हजार , २ हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...