रुपन्देही जिल्ला लिग फुटबल शुरु

(सुरज राना मगर, रुपन्देही) रुपन्देही जिल्ला लिग प्रतियोगिता शुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच शुरु प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तरगतको पहिलो खेलमा फर्साटिकर युवा क्लबले विजयी शुरुवात गरेको छ । कुञ्जलापुर, रुपन्देहीस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा लिगको पहिलो जित दर्ता गर्ने क्रममा फर्साटिकरले घरेलु टोली झरना स्पोर्टस् क्लबलाई शून्यकाविरुद्ध १ गोलले पराजित ग¥यो । फर्साटिकरका लागि एक मात्र निर्णायक गोल नर बहादुर थापाले गरे ।

प्रतियोगिता अन्तरगत आइतबार समूह बी अन्तरगत माछापुच्छे« युवा क्लबले डिएमसी युवा क्लबको सामना गर्नेछ भने अमरज्योति युवा क्लबले सिद्धार्थ युवा क्लबको सामना गर्नेछ । त्यस्तै समूह सी अन्तरगत इन्टर स्पोर्टस्ले बुटवल युनाइटेडको सामना गर्नेछ भने गोर्खा ब्वायजले भू.पू. सैनिकसँग खेल्ने खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।

रुपन्देही जिल्ला फुटबल संघमा आवद्ध कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ २० गते हुनेछ । लिगविजेताले ट्रफीसहित नगद १ लाख ११ हजार रुपैया हात पार्नेछन् भने उपविजेताले ट्रफीसहित नगद ५५ हजार हात पार्नेछन् ।

त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले १०–१० हजार हात पार्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट पाँच विधागत पुरस्कार पनि राखिएको खेल संयोजक हरि क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...