इष्ट होराइजन अङ्ग्रेजी मावि फाइनलमा

(काँकरभिट्टा) झापा जिल्लास्तरीय अन्तर मावि छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा इष्ट होराइजन अङ्ग्रेजी मावि फाइनल प्रवेश गरेको छ ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको शनिबार भएको छात्रतर्फको पहिलो सेमी फाइनल खेलमा इष्ट होराइजने चुलाचुली माविलाई १–० गोलको अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

त्यसैगरी आजै भएको अन्तिम क्वाटर फाइनल खेलमा पशुपति माविले दुर्गापुर माविलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो । पशुपतिका सन्दीप लिम्बू र तारानाथ राजवंशीले १÷१ गोल गरेका थिए भने दुर्गा माविका उज्वल राईले सान्त्वना स्वरुप १ गोल फर्काएका थिए ।

आजै भएको छात्रातर्फको अन्तिम क्वाटर फाइनल खेलमा लालिमा माविले क्याम्ब्रिजलाई २–० गोल अन्तरले पराजित गरेको छ । आइतबार हुने पहिलो सेमी फाइनल खेलमा मुनाल एकाडेमी र पशुपति माविबीच प्रतिष्पर्धा हुने छ । त्यस्तै छात्रातर्फको खेलमा ज्यामिरगढी मावि र गणेश मावि तथा कन्काई मावि र लालिमा माविबीच खेल हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...