नेपाल राष्ट्रिय फुटबल टीमले भारत राष्ट्रिय फुटबल टीमसँग मुम्बईमा जुन ६ मा अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
भारत फुटबल एफएले एन्फालाई सो मैत्रीपूर्ण खेल खेल्नेकोलागि प्रस्ताब राखेको एन्फाले जनएको छ ।
दुवै टोली एएफसी एसियन कप २०१९ छनौटकोलागि तयारी गरिरहेका छन् ।
नेपालले एएफसी एसियन कप २०१९ छनौट अन्तर्गत दोस्रो खेल यमनसँग जुन १३ मा हल्चोक मैदानमा खेल्दै छ ।
नेपाल, यमन, फिलिपिन्स र तजिकिस्तान एएफसी एसियन कप २०१९ छनौटको समुह एफमा रहेका छन् ।