झापा जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता संचालन हुने

कृष्ण सिन्जाली झापा लोकतान्त्रिक खेलकुद संघ मेचीनगरले जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।काकरभिट्टा माविको खेल मैदानमा यहि जेष्ठ ११ गते देखि १३ गतेसम्म संचालन हुने फुटबल प्रतियोगिताको उद्घाटन खेल पारिजात महिला फुटबल क्लब सालबारी र कन्काई  स्पोटर्स एकाडेमी सुरुङ  बिच हुने भएको अध्यक्ष कर्ण बहादुर मगरले बताए ।

महिला फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा सनसाइन महिला फुटबल क्लब ज्यामीरगढी र जुनतारा फुटबल क्लब खुदुनाबारी बिच हुने भएको छ ।

जिल्लामा रहेका  चार वटा महिला फुटबल क्लबको  सहभागिता रहेको प्रतियोगिताका बिजेता तथा उपबिजेताले क्रमशः नगद २५ हजार , १५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...