मेची नेत्रालय सिटी लिगको फाइनलमा हेल राईडर र ह्यापी क्लब भिड्दै

मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिताको तेश्रो संस्करणमा हेल राईडर क्लब फाइनल प्रवेश गरेको छ ।काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा संचालित प्रतियोगिताको आज शुक्रवार भएको सेमी फाइनल खेलमा हेल राईडर क्लबले मेची युवा प्रतिष्ठान क्लबलाई २ – १ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

काकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो हाफमा दुबै क्लबको तर्फबाट गोल हुन सकेको थिएन् । खेलको दोश्रो हाफको ६४ औ मिनेटमा हेल राईडरका नविन सुबेदीले प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको थियो । भने ६८ औ मिनेटमा हेल राईडरका मिलन राईले गोल गर्दै बराबरीमा पुर्याएको केहि मिनेटमा फेरि हेल राईडरका दिलेन लोक्तामले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच हेल राईडरका मिलन घोषित भए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रफी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र पाउने सेन्टरका कोषाध्यक्ष पेमु नर्बू शेर्पाले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, सर्वाधिक गोलकर्तालाई नगद ३ हजार पाँच सय, उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरर्वाड,उदयमान खेलाडी, उत्कृष्ट कोच र उत्कृष्ट मेनेजरलाई क्रमश नगद ३÷३ हजार प्रदान गरिने छ ।

स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित प्रतियोगिताको फाइनल खेल आईतवार हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...