ह्यापी क्लब सिटी लिगको फाइनलमा प्रवेश

(कृष्ण सिन्जाली  मेचीनगर)  मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार (आज) भएकोे अन्तिम लिग खेलमा ह्यापी क्लबले नव दुर्गा क्लबलाई १० –२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा ह्यापी क्लबले नव दुर्गा क्लबलाई हराउँदै सिटी लिगको फाइनल प्रवेश गरेको छ । ह्यापी क्लबका तर्फबाट विदेशी खेलाडी स्यामसुङले डबल हेट्रिकसहित ८ गोल , दावा तामाङ र पुजन उपरकोटीले एक ÷एक गोल गरेका थिए ।

नव दुर्गाका लक्ष्मण आले र लाक्पा लामाले एक÷ एक गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच ह्यापीका हेट्रिककर्ता स्यामुसङ धोषित भएका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगितामा ह्यापी क्लब ४ खेलमा १० अंक सहित फाइनल प्रवेश गरेको छ भने हेल राइडर क्लब ४ खेलमा ९ अंकमा र मेची युवा प्रतिष्ठान ४ खेलमा ७ अंकमा रहेको छ । त्यसैगरी बर्मेली युवा क्लब ४ खेलमा ३ अंकमा र अन्तिममा ४ खेलमा पराजित रहेको नव दुर्गा क्लब रहेको छ ।

त्यसैगरी लिगमा सार्वधिक गोलकर्तामा ह्यापीका स्यामसुङको ९ गोल, हेल राईडरका आदित्य कार्कीको ८ गोल रहेको छ । हेल राईडरका बेनुप मगरले डबल पहिलो कार्डका कारण एक खेल गुमाएको छ । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशंः नगद एक लाख, ५० हजार सहित ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

भोलि (शुक्रबार) को सेमी फाइनल खेल मेची युवा प्रतिष्ठान र हेल राईडर क्लबबीच हुने आयोजक क्लबका उपाध्यक्ष नवराज ओलीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...