आदित्यको हेट्रिकसंगै हेल राईडर पहिलो स्थानमा

मेचीनगर÷ मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएकोे खेलमा हेल राईडर क्लबले बर्मेली युवा क्लबलाई ३ – ० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो स्थानमा उक्लिएको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा हेल राईडर क्लबले बर्मेली युवा क्लबलाई हराउँदै ३ अंक बटुल्दै चार खेलमा ९ अंक बनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित खेलमा हेल राईडरका आदित्य कार्कीले १७, १९ र ४५ औ मिनेटमा ह्याट्रिक गरेको छ । खेलको म्यान अफ दि म्याच हेल राईडरका मिलन राई घोषित भएका थिए ।
भोलि बिहिवारको अन्तिम लिग खेल ह्यापी क्लब र नव दुर्गा युवा क्लबबीच खेल हुने आयोजक क्लबका उपाध्यक्ष नवराज ओलीले बताउनुभयो । प्रतियोगिताका विजेता तथा उपविजेताले त्रंmमश नगद एक लाख, ५० हजार पुरस्कार प्राप्त गर्ने छन ।


प्रतिक्रिया दिनुहोस

Loading...