नेपाली राष्ट्रिय फुटबल टीमका स्ट्राईकर भरत खवासले वैवाहिक जिवन सुरु गरेका छन् । लामो समयदेखिको प्रेमलाई विवाहमा रुपान्तरण गर्दै उनले रुमा अवालेलाई जिवनसाथी बनाएका हुन् ।
भरत र रुमाको प्रेम सम्बन्ध लामो समयदेखि रहँदै आएको थियो । उनीहरु दुवैले यो सम्बन्ध लुकाएका थिएनन् । शनिबार उनीहरुले खुल्ला प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
खवास परिवारले आईतबार ललितपुरमा विवाहभोजको आयोजना गरेका छन् । खवास नेपाल आर्मीका अफिसर समेत हुन् ।
खेलदैनिक डटकम भरत र रुमाको सुखद् वैवाहिक जिवनको कामना गर्दछ ।