मेची नेत्रालय सिटि लिगको शिर्ष स्थानमा ह्यापी क्लब

कृष्ण सिन्जाली, मेचीनगर, खेलदैनिक मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएकोे खेलमा ह्यापी क्लबले हेल राईडर क्लबलाई २ – ० गोलले पराजित गरेको छ ।काकरभिट्टा माविको खेल मैदानमा आज भएको खेलमा ह्यापी क्लबले हेल राईडर क्लबलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ । सिटी लिगमा ह्यापी क्लब दुई खेलमा ६ अंक सहित शिर्ष स्थान रहन सफल भएको छ । भने नव दुर्गा युवा क्लब प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा संचालित खेलको पहिलो हाफको ३७ औ मिनेटमा ह्यापीका योगेश गुरुङले फ्याकेको क्रस बललाई मोहन गुरुङले हेड मार्फत गोल गरेका थिए ।

खेलको दोश्रो हाफको २० औ मिनेटमा हेल राईडरका दिलेन लोक्तामले दोहोरो पहेलो कार्ड पाएर मैदान बाहिर जानु परेको थियो । खेलको ३५ औ मिनेटमा दश खेलाडीको फाइदा लिदै ह्यापीका खमीर गिल्सनले गरेको क्रस बललाई योगेश गुरुङले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दि म्याच ह्यापीका मोहन गुरुङ धोषित भएका थिए ।

स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।

भोलि आईतवार हुने खेल मेची युवा प्रतिष्ठान र बर्मेली युवा क्लब बिच हुने भएको आयोजक क्लबका उपाध्यक्ष नवराज ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...