दोस्रो सताक्षी गोल्डकप सर्यो

रमेश समदर्शी, झापा
झापाको झिलझिलेमा आयोजना हुने सताक्षी गोल्डकपको दोस्रो संस्करण यसपटक पूर्व तालिकाअनुसार नहुने भएको छ ।

सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गर्ने यस गोल्डकप देशमा स्थानीय तहको निर्वाचनको कार्यक्रम चलिरहेकाले पूर्व तालिकाअनुरुप नहुने भएको हो । गतवर्ष वैशाख २५ गतेबाट गोल्डकप सुरु भएको थियो ।

क्लबका उपाध्यक्ष फुर्वा तामाङका अनुसार एन्फासँग तालिकाको माग गरेर गोल्डकपको दोस्रो संस्करणको टाइसिट सार्वजनिक गरिनेछ । उनले भने, ‘समय मिलाएर सम्भवतः असोज महिनामा गोल्डकपको आयोजना गरिनेछ ।’

पहिलो संस्करणको विजेता राशि ३ लाख थियो भने उपविजेताले २ लाख पाएको थियो । यस पटक प्रथम पुरस्कार राशि बढाएर ५ लाख बनाउने योजना रहेको पनि उपाध्यक्ष तामाङले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...