नेपाली महिला फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियाको महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र मलेसियन महिला टोलीबीचको खेल यही मे २३ (जेठ ९) मा हुनेछ।

फुटबल एसोसिएसन अफ मलेसियाको आमन्त्रणमा नेपाली टोली मलेसिया जान लागेको एन्फाले बताएको छ।  साफ महिला च्याम्पियनसिप खेल्नु अघि गत नोभेम्वरमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियन टोलीलाई १-० ले पराजित गरेको थियो।

मलेसियन महिला टोली अहिले क्वालालम्पुरमा अगस्टमा हुने एसइए गेम्सको तयारीमा छ। नेपाली महिला टोलीको प्रशिक्षक कुमार थपाले पनि टोलीको प्रशिक्षण सुरु गरिसकेका छन्।

Photo: Anfa


प्रतिक्रिया दिनुहोस

Loading...