मेची नेत्रालय सिटी लिगमा बर्मेली युवा क्लब विजयी

कृष्ण सिन्जाली, मेचीनगर, खेलदैनिक

मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बर्मेली युवा क्लबले नव दुर्गा युवा क्लबलाई १ – ० गोलले पराजित गरेको छ ।

काकरभिट्टा माविको खेल मैदानमा शुक्रबार भएको खेलमा बर्मेली युवा क्लबले नव दुर्गा युवा क्लबलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ । बर्मेलीको २ खेलमा ३ अंक छ, भने नव दुर्गा युवा क्लबले २ खेलमा हार ब्योहोरेको छ ।

काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा संचालित खेलको पहिलो हाफमा दुवै क्लबको तर्फबाट गोल हुन सकेन् । खेलको अतिरिक्त समयमा बर्मेलीका राजु गुरुङले निर्णयक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बर्मेलीका राजु धोषित भएका थिए ।

स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने छ ।

आज शनिवार हुने खेल हेल राईडर क्लब र ह्यापी युवा क्लब बिच हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...