कृष्ण सिन्जाली मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको तेश्रो दिनको खेलमा हेल राईडर क्लबले मेची युवा प्रतिष्ठानलाई २ – ० गोल अन्तरले पराजित गरेको छ ।
काकरभिट्टा उच्चमाविको खेल मैदानमा आज भएको खेलमा हेल राईडर क्लबले मेची युवा प्रतिष्ठानलाई हराउदै ३ अंक बटुल्न सफल भएको छ । भने मेची युवा क्लबको २ खेलमा ३ अंक छ ।
काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा संचालित खेलको पहिलो हाफमा दुवै क्लबको तर्फबाट गोल हुन सकेन् । खेलको दोश्रो हाफको ३१ र ३२ औ मिनेटमा हेल राईडरका वाङचुक्क तामाङ र आदित्य कार्कीले एक ÷ एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच हेल राईडरका वाङचुक्क धोषित भएका थिए ।
स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालित प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।
भोलिको खेल नव दुर्गा क्लब र बर्मेली युवा क्लब बिच हुने भएको छ ।