सिटी लिगको तेश्रो संस्मरणमा ह्यापी क्लब बिजयी

कृष्ण सिन्जाली  मेची नेत्रालय काकरभिट्टा सिटी लिग कम नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोश्रो दिनको खेलमा ह्यापी क्लबले बर्मेली क्लबलाई ४ – १ गोल अन्तरले पराजित गरेको छ ।काकरभिट्टा उच्चमाविको खेल मैदानमा आज भएको खेलमा ह्यापी क्लबले बर्मेली क्लबलाई हराउदै ३ अंक बटुल्न सफल भएको थियो । खेलको पहिलो हाफमा दुवै क्लबको तर्फबाट गोल हुन सकेन् ।

खेलको दोश्रो हाफको ५ मिनेटमा ह्यापीका योगेश गुरुङले फ्याकेको क्रस बललाई गिल्सन कन्दङवाले हेड मार्फत गोल गरेका थिए । खेलको ११ औ मिनेटमा डि एरियामा पाएको पेनाल्टी प्रहारलाई ह्यापीका गिल्सनले सदुपयोग गरेका थिए । फेरि खेलको १८ औ र २० औ मिनेटमा ह्यापीका योगेश गुरुङ र स्यामसुङले एक÷ एक गोल गरेका थिए । बर्मेलीका तर्फबाट संजय धिमालले २५ औ मिनेटमा सान्तन्व गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच ह्यापीका योगेश गुरुङ धोषित भएका थिए ।

काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा संचालित प्रतियोगिता स्थानीय स्तरमा खेलाडी उत्पादन, खेलाडीको प्रर्वद्धन तथा फुटबल खेलको बिकास गर्ने उद्धेश्यले संचालन गरिएको हो । प्रतियोगिताको बिजेताले नगद १ लाख, ट्रर्फी र प्रमाण पत्र तथा उपबिजेताले नगद ५० हजार, ट्रर्फी र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । भोलिको खेल मेची युवा प्रतिष्ठान क्लब र हेल राईर्डस क्लब बिच हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...