वाणगंगालाई प्रथम जनप्रेमी कपको उपाधि

सुरज राना मगर कपिलवस्तु । जनप्रेमी युवा क्लब, पिपरा, कपिलवस्तुद्वारा आयोजित जारी प्रथम जनप्रेमी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाईटीले जितेको छ ।पिपरास्थित जनता मा.वि. को खेल मैदानमा मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वाणगंगाले छिमेकी प्रतिद्वन्द्वी मुहान एफसीलाई टाईब्रेकरमा २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनु परेको थियो । जसमा वाणगंगाले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता वाणगंगाले उपाधि सहित नगद ५० हजार हात पारेको छ भने उपविजेता बनेको मुहानले ट्रफीसहित नगद २५ हजारमा चित्त बुझाएको छ ।

त्यस्तै प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी मुहानका निशान न्यौपाने घोषित भए भने उत्कृष्ट गोलरक्षक पनि मुहानकै दिपक राना घोषित भए । त्यसैगरी उत्कृष्ट रक्षकको उपाधि वाणगंगाका विकास गुरुङले हात पारे भने उत्कृष्ट मिडफिल्डरको उपाधि पनि वाणगंगाकै गौरव बुढाथोकी घोषित भए ।

त्यसका साथै सेमिफाइनलमा पराजित दुई टोली युनाइटेड कपिलवस्तु र वाणगंगा युथ क्लबलाई पाँच–पाँच हजार नगद प्रदान गरिएको आयोजक क्लबका उपाध्यक्ष तथा संयोजक शुभम कार्कीले जानकारी दिए ।

यहि बैशाख ६ गते देखि जनप्रेमी युवा क्लब पिपरा, कपिलवस्तुको आयोजनामा शुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितालाई आगामी संस्कारदेखि थप पुरस्कार रकम बढाउनुका साथै व्यवस्थित र उत्कृष्ट रुपमा आयोजना गर्दै लगिने पनि संयोजक शुभम कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...