नारायणगढ फुटबल क्लब बिजयी

राकेश तिमल्सिना चितवन जिल्ला लिग फुटबलको उपाधि साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) ले जितेको छ । नारायणगढको क्याम्पाचौरमा सोमबार भएको फाइनलमा एभरेष्ट क्लबलाई टाइब्रेकरमा ४–२ मा हराउँदै एनएफसीले उपाधि रक्षा गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । पेनाल्टीमा एनएफसीका यदु सिलवाल, पुकार आले, विमल तामाङ र शेखर उप्रतीले गोल गर्न सफल भए । एभरेष्टका प्रेमध्वज गुरुङ र शक्ति गुरुङ गोल गरे भने अशोक अधिकारी र निलम गुरुङ गोल गर्न चुके ।

जितसँगै उपाधि जितेको एनएफसीले ट्रफी र मेडलसहित नगद ४० हजार रुपैयाँ प्राप्त ग¥यो । उपाधिमा चित्त बुझाएको एभरेष्टले ट्रफी र मेडलसहित नगद २० हजार रुपैयाँ प्राप्त ग¥यो । त्यस्तै उत्कृष्ट गोलकिपर एनएफसीका प्रदिप भण्डारी घोषित भए । उत्कृष्ट डिफेन्डर नारायणी फुटबल क्लबका शनि श्रेष्ठ चुनिए ।

सर्वाधिक गोलकर्ता सुचीमा एनएफसीका शेखर उप्रतीको नाम अग्र स्थानमा रह्यो । उनले प्रतियोगिता अवधिभर ५ गरेका थिए । तयस्तै उत्कृष्ट मिडफिल्डरमा एभरेष्टका मनिस आले घोषित भए । उत्कृष्ट खेलाडीमा एभरेष्टकै सुरज सेन्चुरी घोषित भए । फेयर प्यलेको अवार्ड हर्दी युवा समाज भण्डाराले प्राप्त ग¥यो ।

चितवन जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग फुटबल चैत २८ देखि वैशाख १८ गतेसम्म सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...