फर्साटिकरलाई प्रथम न्यू एभरेष्ट कपको उपाधि

सुरज राना मगर रुपन्देही । न्यू एभरेष्ट एफसी, गैडहवा–८, देवीनगर, मैनिया, रुपन्देहीद्वारा आयोजित प्रथम न्यू एभरेष्ट कप नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर एफसीले जितेको छ ।बैशाख १८ गते सोमबार सम्पन्न सम्पन्न रोमाञ्चक फाइनल खेलमा फर्साटिकरले चाँदनी युवा क्लबलाई शून्यकाविरुद्ध १ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

खेल शुरु भएको दोस्रो मिनेटमै फर्साटिकरका लागि सुजन रानाले गरेको प्रहार गोलमा परिणत हुन पुगेपछि अन्ततः त्यहि गोल नै खेलको निर्णायक बन्न पुग्यो ।

फाइनल खेलमा निर्णायक गोल गरेका फर्साटिकरका सुजन राना म्यान अफ दि फाइनल घोषित भए ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद ५१ हजार १ सय ५१ रुपैया हात पारेको छ भने उपविजेता बनेको चाँदनीले ट्रफीसहित ३० हजार ३ सय ३० रुपैयामा चित्त बुझाएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी फर्साटिकरका सुजन राना घोषित भए, उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि फर्साटिकरकै राकेश गुरुङले हात पारे भने उत्कृष्ट रक्षकको पुरस्कार चाँदनीका निरज थापाले हात पारे ।

पुरस्कार वितरण प्रमुख अतिथि तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर के.सी. (कुमार) ले गर्नुभएको थियो । प्रतियोगिताभरि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै फाइनल कार्यक्रमको सञ्चालन आयोजक क्लबका सचिव सुवास पुनले गर्नुभएको थियो भने व्यवस्थापन सह–सचिव प्रकाश ठकुरीले गर्नुभएको थियो ।

यहि बैशाख २ गतेबाट शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...